अर्घाखाँचीमा एमालेद्वारा अखिल क्रान्तिकारीका सचिवालय सदस्यमाथि सांघातिक आक्रमण

सन्धीखर्क, असार १४ । अघाँखाँचीका दुई बेग्लाबेग्लै घटनामा माओवादी केन्द्रका नेता तथा उम्मेदवारमाथि आक्रमण भएको छ ।
आज दिउँसो दुई बजे अर्घाखाँचीको खनदमा अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य तथा ५ नम्बर प्रदेशका उप संयोजक नारायण खनालमाथि एमालेका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

याे पनि पढ्नुस  एमालेद्वारा तोकेरै चन्दा माग्न थालिएपछि व्यापारी आतंकित

एमालेको आक्रमणमा परी खनालको अवस्था गम्भीर रहेको जिल्ला पार्टीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।  मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनाल घाइते भएका थिए ।

याे पनि पढ्नुस  तेह्रथुम प्रदेश ‘क’ एमाले विजयी

एक अर्को घटनामा निर्वाचन सम्पन्न भएपछि माओवादी उम्मेदवारमाथि आक्रमण गरिएको छ । धारापानी श्री शान्ती माबि मतदान केन्द्रमा निर्वाचन समापनपछि राष्ट्रिय जनमोर्चाका सदस्यद्वारा माओवादी केन्द्र भुमिकास्थान नगरपालिका वडा नं. ४ का सदस्यका उम्मेदवार रणबहादुर सुनारमाथि हातपात भएको जिल्ला पार्टीले जनाएको छ ।

याे पनि पढ्नुस  चितवन १ को पछिल्लो परिणाम सार्वजनिक

कमेन्ट गर्नुहोस्