अनमोल केसीको ‘कृ’ फस्टलुक सार्वजनिक

तीन करोडको लगानीमा हलिउड शैलीमा निर्माण गरिने

काठमाडौं, असार १५ । असार १४ गते बुधबार अनमोल केसीको अभिनित नेपाली चलचित्र ‘कृ’ को फस्टलुक सार्वजनिक गरेको छ ।

चलचित्र ‘कृ’ मा लभर ब्वाईको छवि बनाएका अनमोल केसीको एक्सन भूमिका देखिएका छन् । बेलायती सेनाको भूमिका अनमोल यस चलचित्रमा देखिने भएका छन् ।

याे पनि पढ्नुस  चलचित्र ‘शत्रु गते’ ले दर्शकहरुको मत जित्न सफल भयौंः हरिवंश आचार्य

सुरेन्द्र पौडेलको निर्देशनमा रहेको ‘कृ’ अनमोल केसी, अनुप विक्रम शाही, आदिती बुढाथोकीलगायत कलाकार अभियन रहेको छ ।

आउँदो कात्तिक २ गते प्रदर्शन गरिन लागेको सो चलचित्रका निर्मातामा सुवास गिरी र भुवन केसी रहेका छन् । हलिउड शैलीमा निर्माण गरिएको सो चलचित्रमा करिब ३ करोड लगानी गरिने बताएको छ ।

याे पनि पढ्नुस  यही मंसिर २२ देखि मुलुकभरि चलचित्र 'सुश्री सम्पति' प्रदर्शनमा !

यहाँ क्लिक गरी हेर्नुहोस् भिडियाे-

कमेन्ट गर्नुहोस्