मतदान केन्द्र नै एमालेले कब्जा गरेको भन्दै कांग्रेसले गर्यो पुनःमतदानको माग

अछाम, असार १५ । अछाममा नेकपा एमालेले मतदान केन्द्र कब्जा गरेर एकलौटी मतदान गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नंं. ४ को वैधनाथ माध्यामिक विद्यालय मतदान केन्द्रमा एमालेले गरेको गुन्डाशैलीका कारण पारदर्शी मतदान नभएको भन्दै नेपाली कांग्रेसले उक्त स्थानमा पुनः मतदान गराउन माग गरेको छ ।

एमाले कार्यकर्ता केन्द्रमा बल प्रयोग गरी कांग्रेस र माओवादी केन्द्र लगायतका कार्यकर्ता, मतदाता तथा उम्मेदवारहरुलाई समेत कुटपिट गरी मतदान कब्जा गरेको कांग्रेसको आरोप छ ।

एमालेको यस्तो हर्कत देखेर निर्वाचन स्थलमा खटिएका सुरक्षाकर्मीहरु समेत मुकदर्शक भई बसेका थिए । एमालेले मतदातालाई मताधिकारबाट वञ्चित गरेको अन्य दलले आरोप लगाएका छन् ।

त्यसैगरी, अछामकै साँफेबगर नगरपालिका वडा नं. ६ चन्द्रोदय प्राथकिम विद्यालय भाग्यश्वर मतदान केन्द्रमा एमाले कार्यकर्ताले अन्य दलका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिई मतदान केन्द्र कब्जा गरेको पनि कांग्रसले दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्