सिरहा, असार १५ । सिरहा जिल्लाको लहान नगरपालिका १२ भोटिया चोकबाट प्रहरीले आज अबैध लागूऔषध चरेस र गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
दुई किलो चरेस र करिब एक किलो गाजासहित भारतीय नागरिक पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।
भारतको विहार राज्य सिवान जिल्ला सिसानी थानाका ३७ वर्षीय श्यामसुन्दर प्रसादलाई दुई किलो चरेस र करिब एक किलोग्रामा गाजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भोटिया टोल चोक नजिक गस्तीमा रहेको प्रहरीले शंका लागेपछि श्यामसुन्दरलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त परिमाणकोे चरेस र गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।
पक्राउ गरिएका श्यामसुन्दरलाई हिरासतमा राखेर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।