बझाङ र अछाममा माओवादी कार्यकर्तामाथि एमाले र प्रहरीद्वारा सांघातिक आक्रमण

धनगढी, असार १५ । बझाङमा प्रहरी जवानहरुले माओवादी केन्द्रका कार्यकर्तालाई निर्घात कुटपीट गरेका छन् । कुटपीटमा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।

अछामको छबिसे पाथीघेरा गाउँपालिकामा प्रहरीले इन्सपेक्टर नेत्र कुँवरको आदेशमा माओवादी केन्द्र समर्थक कार्यकर्तालाई कुटपीट गरेको हो । कुटपीटबाट जनक बहादुर सिंह, अम्मर धामी, रिल्याक्स धामी, न्यूटन बोहरालगायत ६ जना सिकिस्त भएका छन् ।

बुधबार निर्वाचन सम्पन्न भएपछि एमाले समर्थकहरुसँग भएको सामान्य विवादको घटना बिहिबार फेरी बल्झिएपछि प्रहरीले माओवादी कार्यकर्तालाई कुटेको हो । माओवादी नेता मीन बहादुर कुँवरका अनुसार, एमालेको निर्देशनमा इन्सपेक्टर कुँवरले कार्यकर्तालाई कोठाभित्र थुनेर आक्रमण गर्न निर्देशन दिएका थिए । माओवादी कार्यकर्ताहरुलाई यतिखेर प्रहरीले थुनेर जिप्रकामा राखेको छ । नेता कुँवरका अनुसार, प्रहरीले उनीहरुमाथि झुठो मुद्दा चलाउने तयारी गरेको छ ।

यसैबीच अछामको रामारोशनमा समेत माओवादी कार्यकर्तामाथि सांघातिक आक्रमण भएको छ । अछामको रामारोशनमाको वडामा विजय भएपछि जुलुसमा हिँडेका माओवादी केन्द्रका कार्यकर्तामाथि एमाले समर्थकहरुले आक्रमण गरेका हुन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

गृहमन्त्री जनार्दन शर्माले घटनाको विस्तृत विवरण माग गरिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्