दाजुलाई हराए भाईलेः विजयी जुलुस एउटै आँगनमा 

प्रेम सुनार
गुल्मी, असार १७ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई  एमाले उमेदवार एवं आफ्नै सहोदर भाई ओभमबहादु खत्री ( केसी) ले हराएका छन् ।
भाई जिसीले १०२४ मत ल्याई विजयी भएका हुन । दाजु जिसीले ८२२ मत ल्याएर भाई संग पराजय भोगेका हुन् ।
दाजु जिसीले यस अघि नै रगतको नाता र राजनीति सम्वन्ध फरक भएको बताउँदै आएका छन् । ‘हाम्रो पारिवारिक सम्वन्ध हिजो जे थियो आज पनि उस्तै छ ।
चुनावी प्रतिष्पर्धामा भाईले जिते पनि मैले जिते पनि विजयी जुलुस हामी एउटै आँगनमा संगै मनाउछौं , यो जित हाम्रो परिवारको जित हो किन कि दुई राजनैतिक दलको रोजाईमा हाम्रो परिवार पर्नु गर्वको विषय हो’– दाजु जिसीले भने । भाईले पनि पारिवारिक सम्वन्धमा तिक्ताता नभएको बताउँदै जित हार पार्टी विचमा भएको तर दुई भाई विचमा नभएको बताए ।

कमेन्ट गर्नुहोस्