रुकुममा माओवादीद्धारा ‘क्लिनस्वीप’ कसरी ?

रुकुम, असार १७ ।  दोस्रो चरणमा चुनाव भएको रूकुमका तीनवटै गाउँपालिका जितेर माओवादी केन्द्रले जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलो चरणमा चुनाव भएका रुकुमका ६ वटै स्थानीय तहमा पनि माओवादी विजयी भएको थियो । याे कसरी भयाे चासाेकाे  बिषय बनेकाे छ ।

रुकुम माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो । माओवादीको जनयुद्धकालीन ‘लालकिल्ला’ भनिने चिनिन्थ्याे ।

  • सिस्ने गाउँपालिकामा कांग्रेस-एमालेको गठबन्धन भत्काउँदै माओवादीकी कुमारी बराल अध्यक्षमा निर्वाचित
  • वडानम्बर ६ मा पनि माओवादी उम्मेदवार  विजयी
  • पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमप्रसाद घर्ती विजयी भए । उपाध्यक्ष पनि माओवादी केन्द्रकै ओमकुमारी शाही मल्ल  विजयी
  • १४ वटा वडा रहेको रहेको पुथा उत्तरगंगा गाउँपालिकामा १० वटा वडामा माओवादी केन्द्र प्यानलसहित निर्वाचित भएको छ ।
  • रुकुमको भुमे गाउँपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्रका रामसुर बुढा बिजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकै मनकुमारी बिष्ट निर्वाचित भएकी छिन् ।
  • पहिलो चरणमा गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा पनि माओवादीले जिल्ला सदरमुकामसहित ६ स्थानीय तह जितेको थियो । मुसिकोट नगरपालिकाको प्रमुखमा देविलाल गौतम र उपप्रमुख सुर्यकुमारी सुनार केसीले जितेका थिए ।
  • त्यस्तै चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका निर्वाचित भएका थिए । रुकुमको अर्को नगरपालिका आठविसकोटमा पनि माओवादीकै गोर्खबहादुर केसी प्रमुखमा विजयी भएका थिए ।
  • ६ नं. प्रदेशमा पर्ने रुकुमका अन्य ३ गाउँपालिकामा समेत माओवादी केन्द्रका उम्मेद्वारहरु विजयी भएका थिए ।
  • सानीभेरी गाउँपालिकाको अध्यक्षमा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्ती र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्