न्यूयोर्कस्थित अस्पतालले यौन दुर्व्यवहारको आरोपमा निकालेपछि हेनरीद्धारा आक्रमण

असार १७ । अमेरिकाको न्यूयोर्कस्थित ब्रोन्क्स लेबनन अस्पतालमा चिकित्सकको भेषमा गएका अाक्रमणकारीले अन्दाधुन्द गोली चलाउँदा ६ जना घाइते भएका छन् ।

न्यूयोर्क प्रहरीका कमिश्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती अाक्रमणकारीले आफूलाई नै गोली हानेर आत्महत्या गरेका छन् ।

बन्दुकधारीको नाम हेनरी बेलो रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार हमलामा घाइते हुनेमा तीन चिकित्सक छन् । एक हजार शैय्याको सो अस्पतालको १६ औं र १७ औं तलामा हमला भएको थियो ।

हमलाकारी सोही अस्पतालका पूर्व चिकित्सक रहेको बताइएको छ । उनी यौन दुर्व्यवहारको एउटा आरोपपछि दुई वर्षअघि अस्पतालबाट निकालिएका केही संचारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्