रेसुंगा नगरपालिकामा रोचक नतिजा : २० वर्षअघिकै प्रतिस्पर्धीलाई हराएर भुसाल बने नगर प्रमुख

गुल्मी, असार १७ ।  झिनो मतले कांग्रेस उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पछाडी पार्दै एमालेका डिल्लीराज भुसालले उनै श्रेष्ठ संग २० वर्ष अघिको हारको वदला  लिएका छन् ।

संयोग २०५४ सालमा पनि साविकको तम्घास गाविसमा  यि दुवै जना दुवै दलको तर्फबाट गाविस अध्यक्ष पदमा भिडेका थिए । त्यतिबेला भुसाल पराजित भएका थिए ।

अहिले डिल्लीराज भुसाल ६३८१ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ६२०४ माात्र मत ल्याए । उपमेयरमा पनि एमालेकी सिता भण्डारी ६२१३ मत ल्याएर विजयी भर्इन। निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अमृता देवि कुँवरको ६१७९ मत पाए ।

१४ वटा वडा मध्ये ६ वटा वडामा एमालेले जित हाँसिल गरेको पार्टीका सचिवालय सदस्य गणेश श्रीपालीले बताए ।

 

कमेन्ट गर्नुहोस्