गुल्मीको रुरु गाउँपालिकामा अध्यक्षमा एमालेका गौतम

गुल्मी, असार १७ । गुल्मीको रुरु गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेका निलकण्ठ गौतम अध्यक्ष निर्वाचित भएका छन्।

गौतमले प्रमुखमा ५ हजार २२ मत ल्याएर बिजयी भएका छन्। नेपाली कांग्रेसको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका यदु ज्ञवालीले ३७ सय ६३ मत ल्याएर पराजित भए।

उपाध्यक्षमा एमालेकै लक्ष्मी पन्तले ५ हजार ४ सय ८८ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र मल्लले ३४ सय ४६ मत ल्याएर पराजित भए।

उक्त गाउँपालिकामा ५ वटा वडामा एमालेले वडा अध्यक्षमा प्यानलै जितेको छ। एउटा वडामा माओवादीको अध्यक्षसहित प्यानल निर्वाचित भएको छ।

कमेन्ट गर्नुहोस्