यूएई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज

युएई । युनाईटेड अरब ईमिरेट्सको दुबईमा कार्यरत नेपाली कलाकार, साहित्यकार तथा कलासर्जकहरूको ३० जुन २०१७, शुक्रबारको दिन भएको भेलाले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ईनास यूएई, दुबई क्षेत्रीय समिति गठन गरेको छ ।

ईनास यूएईका केन्द्रिय अध्यक्ष श्रीमती रेखा घिमिरेको सभापतित्वमा सम्पन्न भेलाले ईनास ग्लोबल र यसका बिधान र गतिबिधिको अधिनमा रही कलाकार भुवन थापा मगरको नेतृत्वमा २१ सदस्यीय समिति निर्माण गरेको हो । क्षेत्रीय समिति बिस्तारको प्रस्ताबना उपर छलफल हुँदा भेलामा उपस्थित सबैलाई आव्हान गरे बमोजिम यूएईमा कार्यरत स्थानीय नेपाली कलाकारहरूको एउटा मजबुत टिम गठन भएको छ ।

उक्त भेलाले समितिको अध्यक्षमा भुवन थापा मगर, बरिष्ठ उपाध्यक्षमा सुरेस राना, महासचिवमा स्याण्डी भण्डारी, सचिवमा रूद्र थापा, कोषाध्यक्षमा रोशनी सुब्बा तथा सदस्यहरूमा दिपिका सुनार, सञ्चिता ढकाल, ईना राई, प्रेम ढकाल, राजेश लिम्बु, तिलक साङ्गपाङ, विजया लक्ष्मी राई, राजिव लामा, मधु भुजेल, पिटर रोक्का, डिबि समर्पण, राजेन्द्र थापा, सविन आले, सन्ध्या सुस्केरा, अलिसा राई र बिना लामालाई चयन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूएईको यस अघि रस अल खैमह क्षेत्रमा समिति बिस्तार भएको थियो भने केहि हप्तापछि अल ऐन क्षेत्र पनि विस्तार गरिने कुरा उपाध्यक्ष लक्ष्मण दियालीले बताए । यूएईको दुबई क्षेत्रमा ईनासको क्षेत्रीय समिति गठन भएकोमा खुशी व्यक्त गर्दै ईनास ग्लोबलका अध्यक्ष पुष्प बरूवालले उक्त समितिका पदाधिकारीहरुलाई फोनमार्फत बधाई ज्ञापन गर्दै सो समितिको गठनले दुबईलगायत त्यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा थप योगदान हुने विश्वास व्यक्त गरि गरे । ईनास विश्वव्यापी सञ्जाल, हालसम्म ६७ वटा देशहरूमा क्रियाशिल छ र यो अभियान अझै बढ्ने क्रममा छ । कार्यक्रम ईनास यूएईका केन्द्रिय महासचिव राम तामाङले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्