खुमन अधिकारीकाे ‘भिटामिन’

लोकदोहोरिको बजारमा एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित गायक तथा गीतकार खुमन अधिकारिको लय तथा स्वरमा ‘भिटामिन’ बोलको गित बजारमा आएको छ ।

महिलाहरुको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक अधिकारि र गायिका लक्ष्मी आचार्यको आवाजमा तिज गीत ‘भिटामिन’ बोलको गीत सार्वजनिक भएको हो ।

नेत्र अर्यालको शब्द तथा खुमन अधिकारि लयमा चर्चित निर्देशक तथा मोडेल शंकर बि।सी र सुस्मा अधिकारिको निकै नै राम्रो अभिनय रहेको छ ।

प्रकाश भट्टको निर्देशन तथा छायांकन करण चैसिर को रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । उक्त म्यूजिक भिडियो साई भिजन प्रा।लि।ले बजारमा हिजो साझ मात्र सार्बजनिक भएको हो ।

यस्ताे छ भिडियाे

कमेन्ट गर्नुहोस्