अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसको जित

अर्घाखाँची, असार १७ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लेखनाथ पोख्रेल ६ हजार १ सय ६७ मतसहित विजयी भएका हुन् । पोख्रेलले १ हजार १ सय २ मतको अन्तरले जितेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ऋषि अधिकारीले ५ हजार ६५ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै तुल्सादेवी श्रेष्ठले जित हात पारेकी छन् ।

छत्रदेव गाउँपालिकाको ८ वटा वडामध्ये ६ वडामा कांग्रेस र २ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १, २, ४, ५, ६ र ८ मा कांग्रेस तथा ३ र ७ मा एमालेले जित हात पारेका हुन् ।

कमेन्ट गर्नुहोस्