क्याम्पसलाई आर्थिक सहयोग

बेसीसहर, असार १७। सदरमुकाम बेँसीसहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसलाई रु चार लाखभन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।

मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी सस्थाले सो क्याम्पसलाई आवश्यक फर्निचर खरिद गर्न रु चार लाख २० हजार सहयोग गरेको हो ।

संस्थाका पूर्वकार्यकारी निर्देशक डा तीर्थ थापाले क्याम्पस प्रमुख हरिबाबु थापालाई आज एक कार्यक्रमकाबीच सो रकम हस्तान्तरण गर्नुभयो ।

‘क्याम्पसमा फर्निचर खरिदका लागि आर्थिक अभाव थियो, यससम्बन्धी हामीले प्रस्तावना राख्यौँ’ क्याम्पस प्रमुख थापाले भन्नुभयो “हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरी सो संस्थाले सहयोग गर्नुभयो, अब आवश्यक फर्निचर खरिद गर्छौ ।”

एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत सो क्याम्पसमा मानविकी तथा व्यवस्थापन सङ्कायमा ११ र १२ कक्षा, स्नातक र समाजशास्त्रमा स्नातकोतरसम्मको कक्षा सञ्चालन हुँदै आएको छ । समुदायको व्यवस्थापनमा सञ्चालन भएको सो क्याम्पसमा फर्निचरको अभाव रहेको थियो ।

कमेन्ट गर्नुहोस्