फोरमका महासचिव रामजनमको गाउँमा कांग्रेस विजयी

कैलाली, असार १७ । नेपाल लोकतान्त्रिक फोरमका महासचिव रामजनम चौधरीको गाउँ कैलालीको जोशीपुर गाउँपालिकामा काँग्रेसका रामकृष्ण चौधरी  विजयी भएका हुन ।

 

अहिले फोरम लोकतान्त्रिकका महासचिव रहेका चौधरी २०४८ सालदेखि लगातार सो स्थानबाट सांसद जित्दै आएका छन् । जोशीपुर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाल लोकतान्त्रिक फोरमका बीरूप्रसाद चौधरीलाई ६ शय ९१ मतले पछि पार्दै विजयी भएका हुन ।

रामकृष्णले ३ हजार ४ शय ३२ र बीरूप्रसादले २ हजार ७ शय ४१ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा समेत नेपाली काँग्रेसका गीता कठरियाले फोरमका किरण चौधरीलाई २ शय ७९ मतान्तरले पराजित गर्दै पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत जीवराज पोख्रेलले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्