दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट ८ खेलाडी सम्मानीत

काठमाडौं, असार १७ । आठ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट आज सम्मान गरिएको छ । गएको वर्ष २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको हो ।

शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले शहिद दशरथ चन्दको १ सय १५ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा क्षेत्रगत रुपमा ५ र पाराबाट २ खेलाडीलाई नगदसहित सम्मान गरेकोहो ।

फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली, एथलेटिक्सकी विपना परियार, क्रिकेटकी नेरी थापा र तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भएका हुन ।

त्यस्तै पारातर्फ तेक्वान्दोकी सीता भण्डारी तथा एथलेटिक्स र क्रिकेटका विक्रमबहादुर राना पुरस्कृत भए । ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएको हो ।

कमेन्ट गर्नुहोस्