कांग्रेस–एमाले गठबन्धनलाई फराकिलो मतले हराउँदै रोल्पाको माडीमा माओवादी विजयी

रोल्पा, असार १७ । रोल्पाको माडी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई हराउदै माओवादी केन्द्र विजयी भएको छ ।

माडी गाउँपालिका अध्यक्षमा नन्दबहादुर पुनमगर ३१८२ ल्याई विजयी भएका हुन । भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेस र एमालेका संयुक्त उम्मेदवार गोपाल घर्तीमगर २६२१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी धनिकला घर्ती बुढामगर ३२५१ मतका साथ विजयी भइन भने गठबन्धनका उम्मेदवार् प्रेम घर्तीमगर २६८९ मत प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्