सप्तरीमा बाढी गाउँ पस्यो, धेरै गाउँ डुबानमा

सप्तरी, असार १७ । गए रातिबाट लगातार भएको वर्षाका कारण आएको बाढीले सप्तरी जिल्लाको धेरै गाउँ डुबानमा पर्दा जनजीवन कष्टकर बनेको छ ।
खाँडो, महुली र त्रियुगा खोला ठाउँ–ठाउँमा भत्किँदा घरहरु जलमग्न भएका छन् । सर्वसाधारणको घरमा बाढीको पानी पसेपछि उनीहरुलाई बस्न र खाना पकाउन पनि समस्या भएको छ ।

याे पनि पढ्नुस  बलिदानीबाट प्राप्त संघीयतालाई जोगाउनुपर्ने : यादव

बाढीले मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि डुबानमा परेको छ । त्यस्तै, महुली खोलामा आएको बाढीले त्यस क्षेत्रका धेरै गाउँ जलमग्न भएका छन ।

कमेन्ट गर्नुहोस्