उदगम थलो रोल्पा नगरपलिकामा माओवादी केन्द्र विजयी

रोल्पा, असार १७ । नेकपा माओवादी केन्द्रे रोल्पा नगरपालिकामा नेपाली कांग्रेसलार्ई पराजित गर्दै विजयी भएको छ ।

२२ वटा गाँउपालिकामा विजय हासिल गरेको माओवादी केन्द्रले अन्ततः रोल्पाको सदरमुकामसमेत रहेको रोल्पा नगरपालिकाबाट विजयी सुरुवा गरेको हो ।

रोल्पा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पूर्ण केसी मेयर र मनकुमारी घर्ती उपमेयरमा विजयी भएका हुन् ।

केसीले नेपाली कांग्रेसका लेखनाथ आर्चायलाई पराजित गरेका हुन् ।

कमेन्ट गर्नुहोस्