दिपायल–सिलगढी नगरपालिकाको मतगणना स्थगित

डोटी, असार १७ । डोटीको दिपायल–सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सिलगढी नगरपालिका वडा नम्बर ९ को मतगणना रोकिएको हो । नगरपालिकाको वडा नम्बर–१ देखि ८ नम्बर वडासम्म मतगणना भइसके छ ।

वडा नम्बर ९ का २० ओटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिए ।

सो वडामा जम्मा १ हजार ८८ मत खसेको थियो । त्यसमध्ये २० ओटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्