माण्डवी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र १२ मतले पराजित

प्यूठान, असार १७ । प्यूठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नवराज अधिकारी १२ मतले पराजित भएका छन् ।

नेकपा एमालेकादवार उम्मेश्रीधर रोकाले १७५३ मत ल्याई विजयी भएका हुन भने माओवादी केन्द्रका अधिकारीले १७४१ पाएका थिए ।

सोही गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी मुगा पुन मगर १८३५ मतसहित विजयी भएकी छन । भने एमालेकी सम्झना घर्ती मगरले १७६९ मत प्राप्त गरेकी छन ।

योसँगै प्यूठानमा एमालेले सरुमारानी र माण्डवी गाउँपालिकामा विजयी भएको छ भने राष्ट्रिय जनमोर्चा २ गाउँपालिकामा विजयी भएको थियो । अन्य ५ स्थानीय तहमा मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्