हृदयघातबाट ‘हाउ फन्नी’ की निर्देशक निलु डोमाको मृत्यु

काठमाडौं, असार १७। फिल्म निर्देशक ३३ वर्षीय निलु डोमाको मृत्यु भएको छ । गएको वर्ष रिलिज भएको फिल्म ‘हाउ फन्नी’ की निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ ।

हृदयघातका कारण उनकोे शनिवार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हृदयघातपछि उनलई महाराजगञ्जको शिक्षण अस्पताल लगिएको थियो ।

उनको मृत्यु रहस्यमय भएकाले पोष्टमार्टम पछिमात्र यकिन हुने बताइएको छ । भारतको एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनबाट चलचित्रको अध्ययन गरेकी शेर्पाले यसअघि वृत्तचित्र तथा छोटा चलचित्र निर्देशन गरेकी थिइन् ।

उनी समलिंगी हुन् । उनको आमा र बुबा दुवै विदेशमा छन् ।

कमेन्ट गर्नुहोस्