यस्तो छ बिराटनगरको पछिल्लो अपडेट, कांग्रेसको अग्रता कायमै

मोरङ, असार १८ – विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।


एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ ।
कांंग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ भने माओवादीकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत पाउनु भएको छ । 

कमेन्ट गर्नुहोस्