माओवादी–जनमोर्चा गठबन्धलार्इ हराउँदै प्युठान स्वर्गद्वारीमा एमाले विजयी

प्युठान, असार १८ । नेकपा माओवादी केन्द्र –जनमोर्चा गठबन्धलार्इ हराउँदै प्युठान स्वर्गद्वारी नगरपालिकामा एमाले विजयी भएकाे छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको हाे । एमालेका नेत्रबहादुर रोकाय मेयरमा ४ हजार ५ सय ९८ मत र उपमेयरमा गोमा रेग्मी ३ हजार ६ सय ४५ मत ल्याएर विजयी भए ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट मेयरका उम्मेदवार जनमोर्चाका वीरबहादुर पुनले ४ हजार ४ सय ५८ र उपमेयरका उम्मेदवार माओवादी केन्द्रका दुर्गा रेग्मीले ३ हजार ३ सय ७० मत प्राप्त गरे ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार टेकप्रसाद भण्डारीले २ हजार ९ सय ६६ र उपमेयरका उम्मेदवार बाली खड्काले २ हजार ४ सय ६१ मत प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्