नवलपरासीको पाल्हिनन्दनको प्रमुखमा माओवादी, उपप्रमुखमा कांग्रेस

नवलपरासी, असार १८ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । पाल्हीनन्दनमा माओवादी केन्द्रका दीपक गुप्ता विजयी भएका हुन् । गुप्ताले ४३५१ मत ल्याएका छन् ।

यहाँको उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार पवित्रादेवी कहारको पल्लाभारी भएको छ । कहारले ३९१७ मत पाइन् ।

कमेन्ट गर्नुहोस्