डडेल्धुराको परशुराम नगरपालिकामा कांग्रेसको पल्लाभारी

काठमाडौं, असार १८ । डडेल्धुराको परशुराम नगरपालिका कांग्रेसले जितेको छ । त्यहाँको मेयरमा कांग्रेसका भीमबहादुर साउद विजयी बनेका हुन् । उनले ४६२९ मत पाएका छन् ।

उपमेयरमा पनि काग्रेसकै पल्लाभारी भएको छ ।  कांग्रेसकी कलापती बोहरा ४२१३ मत ल्याएर विजयी भइन् । नजिककी प्रतिस्पर्धी माओवादी केन्द्रकी बिमला महता ३६३८ मत खुम्चिइन् ।उनका निकटतम प्रतिद्वन्द्वी माअ‍ोवादी केन्द्रका शेरसिंह माल भए । उनले ४१०२ मत ल्याए ।

कमेन्ट गर्नुहोस्