पत्रकार महासंघ अछामका अध्यक्ष भण्डारी वडा अध्यक्षमा निर्वाचित

होम साउद

अछाम,  असार १८ । पत्रकार महाँसंघ अछामका अध्यक्ष जनकराज भण्डारी स्थानिय तहको निर्वाचनमा अछामको मंगलसेन नगरपालिका ६ मा वडा अध्यक्ष निर्वाचित भएका छन ।

आईतवार सम्पन्न मंगसेन नगरपालिकाको मतगणनामा काँग्रेसवाट उम्मेद्धार बनेका भण्डारी एमालेका उम्मेद्धारलाई १६ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
एमालेको पकड क्षेत्र मानिने वडानम्वर ६ मा अध्यक्ष बाहेक अरु ४ वटै सदस्यमा भने एमालेका उम्मेद्धार बिजयी भएका छन । अध्यक्षमा निर्वाचित भण्डारीले २ सय ४४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्धार चक्र भण्डारी (सीपी)ले २ सय २८ मत पाएका छन । मंगलसेन नगरपालिकाको मयेर र उप मेयरमा भने एमालेका पदम बोहरा र सरिता उपाध्याय निर्वाचित भएका छन ।

बोहराले काँग्रेस माओवादी गठबन्धन वाट काँग्रेसका चन्द्रप्रसाद ढुंगानालाई १ सय ३८ मत अन्तरले पछि पार्दै ४ हजार ६ सय ९१ मत ल्याई मेयरमा बाजी मारेका हुन भने ढुंगानाले ४ हजार ५ सय ५३ मत प्राप्त गरेका छन । उपमेयर निर्वाचित उपाध्यायले गठबन्धनवाट माओवादी केन्द्रका रोहिना भण्डारीलाई एक हजार ८ सय ३५ मत अन्तरले पछि पारेकी हुन । एमालेकी उपाध्यायले ४ हजार ९ सय ११ मत पाएकी छन भने माओवादी केन्द्रका भण्डारीले ३ हजार ७६ मत पाएकी छन ।

नगरका १४ वटा वडा मध्ये ९ वडामा नेपाली काँग्रेसले तिजेको छ भने ५ वडामा एमालेले प्यानल सहित जितेको छ । काँग्रेसले जितेका वडानम्वर ९ र ६ मा अध्यक्ष बाहेक सदस्यहरुमा मिश्रित परिणाम आएको देखिएको छ । अन्य ७ वटै वडामा काँग्रेस पनि प्यानल सहित बिजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्