धनगढीमा तनाव, मुचुल्का नै गायब, मतगणना स्थगित

कैलाली, १८ असार । धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ । एउटा बुथमा मचुल्का भन्दा बढी मत र अर्को बुथको मुचुल्का हराएपछि मत गणना स्थगित भएको छ ।

१७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको हो ।
कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि स्थगित भएको हो । अहिले दलहरुले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका छन् ।

यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्