गणना सकिएको दुई घण्टासम्म पनि घोषणा भएन

दाङ, असार १८ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । निर्वाचन कार्यालय दाङलेले भने मतगणना सकिएको दुई घण्टा वितिसक्दा पनि औपचारिक घोषणा गरेको छैन । आवश्यक काजगात नभएको भन्दै अझैसम्म औपचारिक रुपमा घोषणा गरेको छैन ।

अध्यक्षमा कमानसिंह डाँगीले ३ हजार ६ सय ३२ मत ल्याएका छन् भने उपाध्यक्षमा मिथिला शाहले ३ हजार ६ सय ३२ मत ल्याइ विजयी बनेकी छिन् ।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेगबहादुर रोकाले २ हजार ७ सय २५ र उपाध्याक्षमा पनि माओवादी केन्द्रकै राधिका परियारले ३ हजार २६ मत ल्याएका छन् ।

एमाले अध्यक्ष विष्णुबहादुर केसीले २ हजार ५ सय ८६ र उपाध्यक्ष खिमाकुमारी पाण्डले २ हजार ६ सय ४९ मत ल्याउनु भएको छ ।

कमेन्ट गर्नुहोस्