विप्लवको जन्मथलोमा माओवादी केन्द्र विजयी, राेल्पा जिल्लाकाे कुन वडाबाट को बने विजयी (नामसहित)

रोल्पा, असार १८ । रोल्पाको दुईखोली गाउँपालिका वडा नं. ३ मा वडा अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका झपिराम डाँगी र कांग्रेसका उम्मेदवार भीमबहादुर खत्रीको समान ४ सय ९१ मत आएपछि आपसी समझदारीबाट गोलाप्रथा गरिएकोमा माओवादीका झपिराम डाँगी विजयी भएका छन् ।

डाँगीसहित माओवादीको सम्पूर्ण प्यानल विजयी भएको छ । कांग्रेसको पकड ठाउँका रुपमा चिनिने उक्त वडामा नेकपाको समेत बाक्लै उपस्थिति छ ।

दुईखोली गाउँपालिकाको साविक इरिबाङ गाविस नेकपाको महासचिव नेत्रविक्रम चन्द विप्लवको जन्मथलो पनि हो । यस गाउँपालिकाको वडा नं. १ र २ मा माओवादी केन्द्रको प्यानलै विजयी भइसकेको छ ।

रोल्पा नगरमा दुईमत नभेटिएपछि मतगणाना स्थगित रोल्पा नगरपालिकामा मतगणाना भइरहेको र वडा नं. १० को मत गणाना सकिँदै गर्दा दुई मत नभेटिएपछि विवाद भएको छ ।

मुचुल्का उठाउँदाको मत संख्या र गणनाको संख्या दुई मतले फरक परेपछि विवाद भएको थियो । वडा अध्यक्षमा कांग्रेसका मानबहादुर खत्रीले ७ सय ८ र माओवादीका मतिलाल डाँगीले ६ सय २२ मत लिएका छन् । उक्त वडामा यसअघि मतदाताले एसिड लेपेटेर मतदान गरेपछि केही मत जलेका थिए ।

यस वडामा पुनः मत गणना गर्ने कि के गर्ने भन्नेबारेमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले जानकारी दिए ।

रोल्पामा हालसम्म अग्रता 
माओवादी केन्द्र: ५
कांग्रेस: ३
एमाले:२

रोल्पाका विजयी वडा अध्यक्षहरुः
माओवादी केन्द्रबाट
१) आमबहादुर घर्ती: माडी गा.पा. १
२) बमबहादुर पुन: दुईखोली गा.पा. १
३) हरिप्रसाद बुढा: दुईखोली गा.पा. २
४) झपिराम डाँगी: दुईखोली गा.पा. ३
५) गोवद्र्धन घर्ती: थबाङ गा.पा. ५
६) उदिम घर्ती: थबाङ गा.पा. ४
७) देउराम घर्ती:त्रिवेणी गा.पा. १
८) भूपालसिंह दमाई: सुकिदह गा.पा. २
९) जलेश कुमार केसी: सुकिदह गा.पा. ३
१०) मीनबहादुर थापा: रुन्टीगढी गा.पा. १
११) ललित घर्तीमगर सुदिप: माडी गा.पा. २
१२) महावीर राना: सुनछहरी गा.पा. १
१३) खडकबहादुर घर्ती: सुनछहरी गा.पा. ४
१४) राजन कवर: रोल्पा न.पा. १
१५) कर्णबहादुर रोका: लुङ्ग्री गा.पा. ७

कांग्रेसबाट
१) केशव कवर: सुवर्णावती गा.पा. १
२) अजमत डाँगी: सुकिदह गा.पा. १
३) पुनाराम पुन: रुन्टीगढी गा.पा. २
४) चन्द्रबहादुर घर्ती; रुन्टीगढी गा.पा. ३,
५) पारस खड्का; रुन्टीगढी गा.पा. ४
६) मति पुन: लुङ्ग्री गा.पा. १
७) तेमन घर्तीः सुनछहरी गा.पा.२
८) मानबहादुर खत्री: रोल्पा न.पा. १०

एमालेबाट
१) कविराज बुढा: त्रिवेणी गा.पा. २
२) मोतबहादुर घर्ती: सुनछहरी गा.पा. ३
३) टिकाराम वली: त्रिवेणी गा.पा. ३

स्वतन्त्र
१) नेत्र गिरी स्वतन्त्र: सुवर्णावती गा.पा. २

कमेन्ट गर्नुहोस्