बैतडीको पुर्चौडीमा माओवादी केन्द्र विजयी

बैतडी, असार १८ । बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका मेयरमा रणबहादुर कुँवरले चार हजार चार सय ४६ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिद्वन्दी नेपाली काग्रेसका मेयर उम्मेद्वार दिपकबहादुर बमले ४ हजार एक सय ११ मत ल्याएका छन् ।

उपमेयरमा माओवादी केन्द्रबाट जानकी बमले चार हजार नौ सय ८४ ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्दी एमालेकी उपमेयर उम्मेद्वार जानकी कुँवरले तीन हजार सात सय ८७ मत ल्याएकी छिन् ।

कमेन्ट गर्नुहोस्