कुकुरलाई स्कुलमा जागिर

बेलायतमा एउटा कुुकुरले स्कुलमा जागिर पाएको छ । शोला नामको उक्त कुकुरलाई एक स्कुलले कर्मचारीको रुपमा फूल टाइम जब दिएको हो । तीन समय विद्यार्थीहरुको सुझावबाट यस कुकुरलाई स्कुलमा भर्ना गरिएको हो ।

उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ ।

कोही आत्तिएका वा समस्यामा परेका मानिसहरुलाई यो कुकुरले चिन्न सक्छ त्यसैले विद्यार्थीहरु चिन्तितमा परेका बेला वा परिक्षाका बेला आत्तिएको समयमा उनीहरुलाई मनोरञ्जन दिने काम गर्छ ।

स्कुलमा प्रधानाध्यापकका अनुसार शोलाले आफ्नो काम दक्षतापूर्वक गर्दै आएको छ । उनका अनुसार एकजना छात्रा परीक्षा अगाडि निकै डराएकी थिइन् र परीक्षाहलमा समेत बस्न चाहँदैनथिन् । तर शोलासँग भेटघाट गरिसकेपछि ती छात्राको तनाव कम भयो र खुसीसाथ परीक्षा दिइन् ।

परीक्षामा मात्र नभई अन्य समयमा कक्षाकोठामा तनावग्रस्त अवस्थामा रहेका विद्यार्थीको मन बहलाउने काम पनि यसले गर्दछ । ऊ लगातार कक्षा कोठाहरुको निरिक्षणमा रहन्छ ।

कमेन्ट गर्नुहोस्