बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं, असार १८ । बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका मेयरमा रणबहादुर कुँवरले चार हजार चार सय ४६ मत ल्याई विजयी भएका छन भने उपमेयरमा जानकी बमले चार हजार नौ सय ८४ ल्याएर विजयी भएकी हुन् ।

नेपाली काग्रेसका मेयर उम्मेद्वार दिपकबहादुर बमले ४१११ मत ल्याएका छन् ।

त्यसैगरी एमालेकी उपमेयर उम्मेद्वार जानकी कुँवरले ३७८७ मत ल्याएकी छिन् ।

कमेन्ट गर्नुहोस्