पाल्हिनन्दनमा गापा अध्यक्षमा माओवादी केन्द्रका बैजनाथ गुप्ता विजयी

नवलपरासी, असार १८ । नवलपरासीको पाल्हिनन्दनमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका बैजनाथ गुप्ता विजयी भएका छन् ।

गुप्ताले ४ हजार ३ सय ५१ ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी पवित्रादेवी कोहार विजयी भएकी छन्। उनले ३ हजार ९ सय १७ मत प्राप्त गरेकी छन्।

कमेन्ट गर्नुहोस्