उदयपुरमा पनि विवाद, मतगणना स्थगित

उदयपुर, असार १८ । उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरीमा खसेको जम्मा मतभन्दा बढी मत पत्र मतपेटिकामा भेटिएपछि मतगणना स्थगित भएको छ।

बेलका नापका निर्वाचन अधिकृत हरि पोखरेलका अनुसार बेलका वडा नम्वर ४ गुरुङचौरीमा रहेको मतदान केन्द्रको मतपेटिकामा १ हजार ७ सय ४८ मत पत्र हुनुपर्नेमा १ हजार ७ सय ५१ वटा मत पत्र भेटिएको हो।

‘मतपेटिकामा ३ मत बढी भेटिएपछि मत गणना शनिबार राति १० बजेदेखि स्थगित भएको छ।’ उनले भने– ‘बढी मत भेटिएछि दलहरुमा विवाद भयो अनि मतगणना रोएिको छ।’

उदयपुरमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार ३ मत बढी भएपछि रोकिएको मतगणना सुचारु छलफल चलिरहेको छ। ‘मत गणना रोकिएकाले जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधि र निर्वाचन कार्यालय काठमाडौंबाट आएको टोली लिएर बेलका नपा जाँदै छु,’ प्रजिअ पराजुलीले भने, ‘दुई घण्टापछि मात्र त्यहाँ पुग्नेछु, अनिमात्र के भएको भन्ने जानकारी आउने छ ।’

मतपेटिकामा नेकपा एमालेले दिएको ३ मत बढी भेटिएको हो । मालेलाई दिएको मत बढी भेटिएकाले नेकपा माओवादी केन्द्र र नेपाली काङग्रेस पुन मतदानको मात गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जानकारी दिएको छ ।

‘मतपेटिकामा बढी मत भेटिएको भए पुन मतदाना गर्नुपर्छ,’ नेकपा माओवादीका केन्द्र उदयपुरका संयोजक विनोद कटुवाल दिवशले भने, ‘अहिले म सिडिओसवासँग जाँदैछु के भएको भन्ने बारे त्यहाँ गएर हेरेपछि मात्र थाहा हुन्छ ।’

बेलका नगरपाकिलाकाको १ र २ वडाको मतगणना भइसकेको छ भने ३ र ४ को जारी मगणना जारी रहेको थियो । अन्य त्रियुगा, कटारी, चौदण्डीमा पनि सामान्य विवादको कारण मतगणना रोकिँदै सुचारु हुने गरेको छ। ४ गाँउपालिकाको मत परिमाण सार्वजानिक भइसकेको छ।

थाहाखबरबाट

 

कमेन्ट गर्नुहोस्