एमालेको अखडा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्र बिजयी

पाँचथर, असार १८ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमर माखिम विजयी भएका छन् ।

माखिम ३ हजार ७ सय ६२ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी एमालेका धनकुमार फियाकले ३ हजार २ सय ९६ मत पाए ।

त्यसैगरी, उपाध्यक्षमा एमालेकी उर्मिला राई ३ हजार ४ सय ९८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रकी जुनुकुमारी लावतीले ३ हजार १ सय १० मत पाइन ।

कमेन्ट गर्नुहोस्