सुत्केरी बेथाले थलिएकी लामाको हेलिकप्टरबाट उद्धार, शिशुको मृत्यु

गोरखा, असार १८ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेत गो गाउँकी २९ वर्षीया पासाङ भुटी लामा ‘छोर्तेन’ हेलिकप्टरबाट उद्धार गरी राजधानी ल्याइएको छ ।

सुत्केरी बेथाले थलिएकी लामालाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा ल्याइएपछि उनको सफल शल्यक्रिया भएको छ भने ‘शिशु (छोरी)लाई भने बचाउन सकिएन’ चुम्चेत घर भई काठमाडौँमा रहेका धावा ग्याल्जेन लामाले भने ।

लामाको परिवारको आर्थिक अवस्था भएको हुँदा हेलिकोप्टर चार्टर गर्न सकिने स्थिति नहुँदा धावा र जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुलीको पहलमा हेलिकप्टरमार्फत विरामी लामाको उद्धार गरिएको हो।

सुत्केरी बेथाले च्यापेको २४ घन्टासम्म शिशु नजन्मिएपछि हेलिकप्टरको खोजी गरिएको थियो । चुम्चेतमा स्वास्थ्य सेवा गतिलो नरहेको र सदरमुकामको अस्पताल जान पनि चार दिन पैदल हिड्नुपर्ने त्यहाँको बाध्यता धावाले बताए । त्यहाँ अहिलेसम्म सडकको पहुँच पुगेको छै ।

उत्तरी भेगका गाउँमा हरेक वर्ष समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान जाने गरेको छ ।

कमेन्ट गर्नुहोस्