अछामको चौरपाटीमा एक मतले जित्यो एमालेले

होम साउद

अछाम, असार १८ । अछामको चौरपाटी गाँउपालिकामा नेकपा एमालेले प्रमुखमा १ मतले जितेका छन् । नेपाली काँग्रेसका भीम साउदलाई १ मतले पराजित गर्दै एमालेका हर्क साउद गाँउपालिका प्रमुखमा बिजयी भएका हुन् ।

एमालेका हर्क साउदले ३ हजार १ सय ३८ मत ल्याएका छन भने काँग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत ल्याएका हुन ।

यस्तै उपप्रमुखमा भने काँग्रेसका माया कुवर निर्वाचित भएकी छन । कुवरले एमालेकी सुशिला बोगटीलाई ७३ मतले पछि पार्दै बिजेता बनेकी हुन । कुवरले ३ हजार १ सय ७३ मत ल्यायकी छन भने उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी सुशिला बोगटीले ३ हजार १ सय १ मत पाएकी छन ।

यस्तै माओवादी केन्द्रका उम्मेद्धार राम बहादुर थापाले १ हजार २ सय ५८ र उपप्रमुखमा लालसरी सुनारले १ हजार २ सय ३८ मत प्राप्त गरेका निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपानेले जाँनकारी दिए ।

गाँउपालिकाको अध्यक्षमा एमालेले १ मत तथा उपाध्यक्षमा काँग्रेसले ७३ मतले जित हात पारेको उनले जाँनकारी दिए ।

कमेन्ट गर्नुहोस्