तुर्माखाँद गाँउपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेस बिजयी

होम साउद

अछाम, असार १८ । अछामको पतुर्माखाद गाँउपालिकामा नेपाली काँग्रेसले बिजय प्राप्त गरेको छ ।

पुष्पराज शर्माले ३ हजार ६ सय ९१ मत ल्याई बिजयी भएका छन् भने प्रमुखमा एमालेका पदम बुढाले ३ हजार ३७ मत प्रमप्त गरेका छन । यस्तै माओवादी केन्द्रका उदय बहादुर बिष्टले १ हजार ९ सय ५६ र राप्रपाका उम्मेद्धारले १ सय ६९ मत ल्याएका छन ।

यस्तै उपप्रमुखमा पनि काँग्रेसका अमृता बुढाले ३ हजार ३ सय ९२ मत ल्याई बिजयी भएकी छन । यस्तै उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी गोमती शाहीले ३ हजार ३ सय २८ तथा माओवादी केन्द्रकी उम्मेद्धारले २ हजार ७३ मत र राप्रपाकी उम्मेद्धारले १ सय ५३ मत ल्याएको त्यहाँवाट बखत कार्कीले जाँनकारी दिए ।

गाँउपालिकाको वडानम्वर १, ३, ५ र ६ मा एमाले, वडानम्वर ४, ७ र ८ मा काँग्रेस तथा वडानम्वर २ मा माओवादी केन्द्रले जित हासिल गरेका छन ।

कमेन्ट गर्नुहोस्