अब पालो तेस्रो निर्वाचनको : प्रधानमन्त्री देउवा

काठमाडौं, असार १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

आइतबार त्रिभुवन विश्वविद्यालयको ५८ औं वार्षिक दिवस समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता महसुस भएको अनुभूति पनि सुनाए ।

उनले संविधानको सफल कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयले रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्