पोखरामा भिषण पहिरो, दुईको मृत्यु, कैयाै घर डुवानमा

पोखरा, असार १८ । पोखराको लेखनाथ महानगरपालिका १८ पस्याङ पाखामा गए रातिदेखि अविरल वर्षा भइरहेको छ ।

वर्षासँगै आएको पहिरोमा पुरिएर पोखरामा दुई जनाको मृत्यु भएको छ भने कयौं घर डुबानमा परेका छन् ।

पोखरा लेखनाथ–१८, पर्स्याङपाखामा १४ बर्षीय बालक र पोखरा लेखनाथ–१९, लामाचौरमा ४० बर्षीय महिलाको पहिरोमा परेर मृत्यु भएको छ । त्यस्तै स्थानीय फुस्रोखोलाले बगाउँदा लीलाकुमारी लामिछाने वेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ बाटुलेचोर, पोखराको विन्ध्यवासिनी र पोखरा १७ छोरेपाटनमा बर्षापछि बस्ती नजिकै जमीन भासिएको छ। पोखराको छोरेपाटनमा पानीको निकास नबनाई गरिएको प्लटिङमा बनेका घर डुवानमा परेका छन्। पोखरा ५ ठूली पोखरी आसपासका क्षेत्रमा पनि पानीको निकास नुहँदा बस्ती डुवानमा परेको छ।

पोखरा १२ माटेपानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो बर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटेपानी गुम्वा थप जोखिममा परेको छ।

कमेन्ट गर्नुहोस्