बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी विजयी

बर्दिया, असार १८ । बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

बारबर्दियाको मेयरमा माओवादीका दुर्गा बहादुर थारु (कविर) ले ११ हजार ४२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका राम बहादुर चौधरीले ८ हजार ६ सय ४५ मत ल्याएका हुन् । यस्तै उपमेयरमा माओवादीकी अञ्जु दहित ११ हजार ११ मत ल्याएर विजयी भएकी हुन् ।

कमेन्ट गर्नुहोस्