एमाले र माअाेवादीकाे गठबन्धन ताेड्दै पाल्पा रामपुरमा कांग्रेसको जित

पाल्पा, असार १८ । एमाले र माओवादीको गठबन्धन भत्काउँदै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमन थापा ८ हजार ८ सय ८५ मतसहित विजयी भएका छन् । नेकपा एमाले र माओबादी केन्द्रका संयुक्त उम्मेदवार नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ७ हजार ६ सय ७६ मत ल्याएका हुन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै विष्णुदेवी घिमिरे ८ हजार ५ सय २८ मतसहित विजयी भएका छन् । उपमेयर पदमा प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गादेवी रानाले ७ हजार ९ सय २४ मत प्राप्त गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्