बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दिया, असार १८। बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा गणेश क्षेत्री र उपमेयरमा शोभारानी थारु विजयी भएका हुन् ।

क्षेत्रीले ८ हजार ४३१ मत ल्याई विजयी भएका हुन । उनले एमालेका उम्मेदवार दुर्गाबहादुर ओलीलाई २ हजार ५ सय ८ मत अन्तरले पराजित गरेको हुन ।
त्यसैगरी उपमेयरमा निर्वाचित थारुले ७ हजार ५२३ मत ल्याई विजयी भएकी हुन । उनले एमालेकी उम्मेदवार हिरा चौधरीलाई १ हजार ५ सय ८१ मत अन्तरले पराजित गरेकी हुन ।

मधुवन नगरपालिकामा माओवादी केन्द्रले १, २, ४ र ७ नम्बर वडा जितेको छ । एमालेले ६, ८ र ९ तथा कांग्रेसले ३ र ५ नम्बर वडा जितेका निर्वाचन अधिकृत भिमबहादुर कुँवरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्