राष्ट्रिय जनमोर्चाको गढ अर्खाखाँचीको भुमेकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी

अर्घाखाँची, असार १८ । अर्खाखाँचीको भुमेकास्थान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेशम थापा विजयी भएका छन् ।

थापाले ५ हजार ३ सय २० मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले ४ हजार ५ सय ४२ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसका उम्मेदवार खडानन्द वेल्वासेले ५ हजार २ सय ३० मत ल्याएर विजयी भएका छन् । यहाँ कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो ।

कमेन्ट गर्नुहोस्