अबदेखि सफा सवारी साधनमात्रै उपत्यका छिर्न पाउने

काठमाडौं, असार १८ । नेपाल सरकारले सफा सवारी साधनलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रबेश दिने भएको छ ।

यातायात ब्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायतका सरोकारवाला संस्थाहरु हिलो र धुलैधुलो भएको गाडी उपत्यका प्रवेशमा रोक लगाउन सहमत भएका छन्।

हिलो र धुलो पखाल्न उपत्यकाका ४ वटा नाका नागढुंगा, फर्पिङ, जगाती र मुड्खुमा वास सेन्टर राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए।

ट्रक, बस, कार जीप, मोटरसाइकल उपत्यका प्रवेश गर्ने अघि हिलो र धुलो छ कि छैन भनेर नाकामा ट्राफिक प्रहरीले जाँच गर्ने लामाले बताए।

कमेन्ट गर्नुहोस्