अन्तर्घातबाट चुनाब हारको भन्दै पार्टी सभापतिबाट राजीनामा

गुल्मी, असार १८ । स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन नसकेको भन्दै कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।

पार्टीको पकेट क्षेत्र मानिने रेसुङ्गा नगरपालिकाको मेयरमा पराजित भएपछि उन राजीनामा दिएका हुन । एक विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएका हुन् ।

श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘पार्टी सभापतिले चुनाव लड्ने इच्छाप्रति पार्टी पंक्तिकै कार्यकर्ताबाट गम्भीर असहयोग भर्इ पराजित हुनुपर्दाको पीडा दुःखद र अक्षम्य छ । सिङ्गो पार्टी पराजित भएको छ, म त एक निमित्त पात्र हुँ । यो पराजयले पार्टीलाई वर्षौ पछाडि धकेल्छ कि भन्ने भयले म ग्रसित छु । मेरो समृद्ध सुन्दर रेसुङ्गा नगरपालिका बनाउने सपनामा तुषारापात भएको छ ।’

कांग्रेसले नै अन्तर्घात गरेको कारणले आफु पराजित भएको भाव विज्ञप्तिमा झल्एिको छ । रेसुङ्गा नगरपालिकामा एमालेका डिल्ली भुषाल विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्