निगमले पेट्रोल, डिजेल,मट्टितेल र ग्याँसको मूल्य घट्यो

काठमाडौं, असार १८ । नेपाल आयल निगमले तीनवटै पेट्रोलियम पदार्थसहित खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २५ रूपैया घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।

त्यस्तै डिजेल र मट्टितेल लिटरमा २र२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।

त्यस्तै खाना पकाउन ग्यासको मूल्य अब प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

कमेन्ट गर्नुहोस्