तामाङ समुदायबाट पहिलो मूख्यसचिव बन्दै धनबहादुर

काठमाडौं, असार १८ । ठूलो राजनीतिक चलखेल भएन भने अबको केही दिनमा धनबहादुर तामाङ नेपाल सरकारको मुख्य सचिव बन्ने छन । तामाङ् हालका भौतिक योजना मन्त्रालयमा सचिव छन् ।

उनी मूख्य सचिब भएमा नेपाली इतिहासमा तामाङ समुदायबाट मूख्यसचिव बन्ने पहिलो व्यक्ति हुने छन् ।

प्रधानमन्त्री देउवाले उनलाई नै मुख्य सचिवमा ल्याउन चाहेका छन् । तामाङ मुख्य सचिव भए उनीपछि हालका गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव हुने बाटो खुल्नेछ ।

यदि असार २९ गतेभित्र अर्का सचिव राजेन्द्रकुमार क्षेत्रीलाई सचिव बनाइए उनले पनि आगामी कार्तिकसम्म मुख्य सचिवको जिम्मेवारी दावेदार बन्ने छन ।

कमेन्ट गर्नुहोस्