अछामको मेल्लेख गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका बोहरा विजयी

होम साउद
अछाम, असार १८ । अछामको मेल्लेख गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका लोकबहादुर बोहरा (ज्वाला) विजयी भएका छन ।

नेपाली काँग्रेस र माओबादी केन्द्रको संयुक्त गठबन्धनवाट उम्मेदवार बनेका बोहराले नेकपा एमालेका उम्मेदवार डम्बर नेपालीलाई ५१६ मतले पछि पार्दै बिजयी भएका हुन । बोहराले ४ हजार ५ सय ८ मत ल्याएका छन भने नेपालीले ३ हजार ९ सय ९२ मत ल्याए ।

त्यस्तै उपाअध्यक्षमा गठबन्धनवाट नेपाली काग्रेसका धनबहादुर शाहले ४ हजार ४ सय ८ मत ल्याइ विजयी भइन । भने एमालेवाट उपाध्यक्ष पदका उमेद्वार समिता महर साउदले ४ हजार २ सय मत ल्याइन ।

कमेन्ट गर्नुहोस्